IMG-LOGO

एभरेष्ट एकेडेमीको दीक्षान्त समारोह

 मंगल, चैत ४, २०८१  --

       एभरेष्ट एकेडेमी बनेपाको अभिभावक दिवस, दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष सुन्दर थापाको सभापतित्व तथा बनेपा नगरपालिका –५ का  वडाध्यक्ष  बलराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रीन्सिपल अर्जुन थापाले शैक्षिक प्रगतिको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । उक्त कार्यक्रममा बालकेन्द्रीत शिक्षण सिकाई प्राप्त गरेका ७५ जना बाल बालिका दीक्षित भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले काभ्रे जिल्ला शैक्षिक हवकोरुपमा विकास भएकोमा खुसी व्यक्त गर्दै एभरेष्ट एकेडेमीले बालबालिकाको शिक्षण सिकाइ प्रभावकारीताको उपलब्धी प्रमाणीत गरेको शैक्षिक क्रियाकलाप गरे सँगै पुस्टी भएको तर्क गर्नुभयो । उहाँले आगमी दिनमा अझै प्रगतिको शुभकामना दिंदै विपन्न असहयहरुले अध्ययन गर्ने अवसर थप गर्न निर्देशन दिनुभयो । विद्यालयका अध्यक्ष सुन्दर थापाले विद्यालयहरुको शिक्षण सिकाईमा परिणाममुखी नतिजा ल्याउन सधैं कटीबद्र्ध रहेको बताउनु भयो । अभिभावक उमेश सिंह थापाले शैक्षिक क्रियाकलाप विद्यार्थीको हेरचाहमा महत्वपूर्ण भूमिका खेलेको समाजसेवी धर्मभक्त प्रधानले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्