IMG-LOGO

हक्की मान्छेप्रति श्रद्धा सुमन

 मंगल, चैत ४, २०८१  – श्रमजीवी

       शान्त बस्नेहरुका लागि एउटा हल्लाकारी जसलाई बसका सबै यात्रीले चिन्थे । यात्रारत बसमा कण्डकटरले ठग्दा होस् वा नारीलाई कोही कसैले अभद्र व्यवहार गर्दा । भाडाका लागि कुनै यात्रुले किचकिच गर्दा पीडितका पक्षमा उभिने । लेख्ने हो भने उहाँबारे रोचक किताब बन्छ होला । तत्कालीन अवस्थामा नेवार समुदायको मात्रै बस्ती रहेको बनेपामा करिब ७५ वर्ष अघि दुई घर पर्वर्ते बसाइँ आएका थिए । एक मनोञ्जन सरकारको परिवार अर्का बाबुकाजी गिरीको परिवार । पछि पछि हामीहरु ।

      अग्लो शरीर त्यतिबेला नेवारी स्पष्ट बोल्ने पर्वते, साह्रै ठट्टा गर्ने मान्छे । गिरी प्रेसका सस्थापक, काभ्रे टाइम्स प्रकाशन पछि हाम्रो सफलतामा खुशी हुने उहाँ बाबुकाजी गिरीको निधन भएको दुःखद खबरले स्तब्ध भएँ । चालीसको दशकको अन्त्य अर्थात २०४७ देखि ०५० सम्म म काठमाडौं कलेज पढेर उहाँ आफ्‌नो प्रेसको काम सकेर सँगै बसमा फर्किएकाति दिनको झल्झली याद आयो । भावपूर्ण श्रद्धाञ्जली दाइ साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्