IMG-LOGO

प्रजातन्त्र सेनानी रामहरि रहनु भएन

 मंगल, चैत ४, २०८१  --

       पनैती नगरपालिका–११ बलथली निवासी प्रजातन्त्र सेनानी रामहरि शर्मा रहनु भएन । बिरामी  भैइ थला पर्नु भएका रामहरि नशा सम्बन्धि रोगले ग्रसित हुनुहुन्थ्यो । अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराउदै  आएकोमा एक साता अघि मात्र बनेपाको शीरमेमोरियल अस्पतालमा उपचारको लागि ल्याएको परिवार स्रोतले बतायो । उपचारकैक्रममा आइतबार ८७ वर्षको उमेरमा निधन भएको हो । २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि पन्चायत  सासनको विरुद्धमा शसक्त आन्दोलनमा उत्रदा २०१८ सालमा ६ महिना रामहरिले जेल जीवन बिताउनु भएको थियो । अन्चलाधिश गृष्म बहादुर देबकोटाको निर्देशनमा उहाँ समातिनु भएको थियो । प्रजातान्त्रिक आन्दोलन कै क्रममा पुर्ब १ नम्बर चौतारामा ६ महिना जेल जीवन बिताउनु परेको कुरा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य मधु आचार्यले बाताउनु भयो । उहाँले बासुदेब कोइराला, नारायण दास उलक र सप्तलाल ताम्राकार सग निकट भइ प्रजातान्त्रिक आन्दोलनमा कार्य गर्दै आएको बताइन्छ । एक श्रीमती, ६ छोरा छन् । रामहरिको असमायिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार जनमा काभ्रे टाइम्स र रेडियो एबिसी परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्