बनेपा नगरपालिकाले स्थानीय अनुकुलन कार्ययोजनाको राष्ट्रिय संरचना (ीब्एब्) बनाउनका लागि गृहकार्य गरिरहेको छ । सोमबार जलवायु परिवर्तन स्थानीय अनुकुलन कार्ययोजना तर्जुमाको लागि नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप–प्रमुख बिमला सापकोटा दाहालले बृहत रुपमा महत्वपूर्ण योजनाहरुलाई समेटेर ीब्एब् लाई कार्यान्वयनमा ल्याईने बताउनुभयो । जलवायु अनुकुलनका लागि सन् २०३० सम्ममा सबै स्थानीय तहहरुले ीब्एब् बनाईसक्नुपर्ने राष्ट्रिय अभियान रहेको छ । यहि चैत्र ८ गतेदेखि ीब्एब् बनाउनका लागि वडा र समुदाय स्तरीय छलफल कार्यक्रम बनेपाको वडा न. १२ बाट सुरुवात गरिनेछ । ८ वटा क्लस्टर मार्फत बनेपा नगरपालिकाको १४ वटै वडामा छलफल गर्नका लागि नगरको कृषि शाखा प्रमुख टंक अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत गठन गरिएको छ । महिला जागरण समुहको आयोजना एवं बनेपा नगरपालिका र प्रकृति रिसोर्सेस् सेन्टरको सहयोगमा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा प्रकृति रिसोर्सेस्का कन्सल्ट्यान्ट (त्रिचन्द्र क्याम्पसका उप–प्राध्यापक) कमल राज गोसाईले जलवायु परिवर्तनका कारण र प्रभावका बारेमा जानकारी दिनुभयो । नेपालमा वार्षिक अधिकतम तापक्रम ०.०५६ डिग्रि सेल्सियस प्रती बर्षका दरले बढिरहेको भन्दै गोसाईले जलवायु अनुकुलन र न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी गोदावरी इन्भाईरोमेन्टल सर्भिसेसका कार्यकारी निर्देशक बिजय महर्जनले स्थानीय अनुकुलन कार्ययोजनाको परिचय सहित खाका प्रस्तुत गर्दै जलवायु परिवर्तनले बिश्वभरी समस्या पारिरहेको उल्लेख गर्नुभयो । महिला जागरण समुहकि अध्यक्ष निर्मला श्रेष्ठले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरू, नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, पत्रकार बिकास तिमल्सिना, अभियन्ता भवानी श्रेष्ठ, महिला जागरण समुहका सदस्यहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।
