IMG-LOGO

४ सय २३ जनाको सुरक्षामा एक प्रहरी

 मंगल, चैत ४, २०८१  --

       नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र वागमति प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा आज धुलिखेलमा आयोजिजत प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने निकायबीच समन्वय सहकार्य हुनुपर्ने बताउनु भयो । पीडकले सजाय र पीडितले न्याय पाउने बताउनु भयो । प्रहरीले गरेका अनुसन्धानमध्ये ५० प्रतिशत अनुसन्धानमा प्रश्न उठ्ने गरेको बताउँदै मन्त्री लामिछानेले अनुसन्धान तथ्यपरक सके प्रश्न नउठ्ने बताउनु भयो । पछिल्लो समय क्रिप्टो कारोबार, एआईको गलत प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन जुवा लगायतका अपराध बढ्दै गएकोमा चिन्ता विषय बनेको उल्येख गर्दै बताउनु भयो । मन्त्री लामिछानेले यसको अनुसन्धानमा प्रविधिको विस्तार र प्रयोगमा जोड दिइनुपर्ने बताए । यस्तै वित्तीय अपराधको अनुसन्धानका लागि छुट्टै व्युरोको आवश्यकता रहेको मन्त्री लामिछानेले बताए । संघीयताको मर्मअनुसार नेपाल प्रहरी ऐन संशोधन हुन नसकेको र अहिले संशोधनको क्रममा प्रदेशलाई बुख्याचामात्रै बनाउने प्रयास भइरहेकोमा संघीय सरकारको आलोचना गर्नुभयो । 

       कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराईले यस्ता कार्यक्रमले अनुसन्धानकर्ताहरुलाई भविश्यमा कार्यसम्पादनको क्रममा नयाँ उर्जा प्राप्ति हुने बताउँदै सीमित पूर्वाधार र जनशक्तिका बाबजुद अहिले भइरहेका अनुसन्धान र अभियोजन प्रभावकारी नै रहेको, थप कुनै पनि अपराधमा जति ठूलो सजायको अपेक्षा गरिन्छ त्यतिनै ठूलो तथ्य प्रमाणको आवश्यकता पर्ने भएकाले त्यसका लागि अनुसन्धानको सुरुवाती चरणबाटै प्रभावकारीरुपमा काम गर्न न्यायाधीश भट्टराईले सुझाव दिनभयो । म्याद थपमा विधि पुर्याउनुमात्रै उचित नरहेको भन्दै उनले उचित कारण र प्रगति विवरण पेश गर्न पनि सरोकारवालाहरुलाई सुझाव दिनुभयो । अनुसन्धान र अभियोजनको अडिट हुन सके अनुसन्धान र अभियोजनको प्रक्रियामा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नसकिनेमा भट्टराईले सुझाउनु भयो ।

       निवर्तमान प्रहरी महानिरिक्षक बसन्त कुँवरले पछिल्लो समय विद्युतीय अपराधले अनुसन्धान प्रक्रिया जटिल वन्दै गएको बताए । बागमति प्रदेशका काठमाडौं उपत्यकाबाहेकका जिल्लामा ४ सय २३ जना नागरिकका लागि एकजना प्रहरी रहेको भन्दै उनले संख्यात्मकरुपमा जनशक्ति कम भए पनि गुणात्मकरुपमा सक्दो राम्रो काम गरिरहेको बताउनु भयो । नेपाल प्रहरीले हालै अपराध अनुसन्धानमा लैंगिक नीति ल्याएको र महिला तथा बालबालिकामाथि हुने अपराधको अनुसन्धानमा शुन्य सहनशिलता कायम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा बागमति प्रदेशका मुख्य न्यायाधीवक्ता सुकदेव काफ्ले, नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक कुवेर कडायत, काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायतले अपराध अनुसन्धानको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा बागमति प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लाबाट अपराध अनुसन्धानबारे प्रस्तुतिकरण गरिएको छ भने नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, बागमति प्रदेश प्रहरी कार्यालय हेडौंडा, अपराध अनुसन्धान विभाग लगायतबाट अपराध अनुसन्धानका विविध क्षेत्रबाट कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्