कालिमाटी तरकारी तथा फलफूल भ्यान यातायात सेवा प्रा.लि. कुलेश्वर काठकाण्डौंले इभी ९भ्ख्० भ्यान सञ्चालन अनुमतीका लागि बागमती प्रदेश सरकारसँग माग गरेको छ । विगत लामो समयदेखि व्यवसायीहरुले कालिमाटी तरकारी बजारमा तरकारी तथा फलफूल ढुवानीको सेवामा साना सवारीबाट सेवा पुर्याउँदै आएको यातायात सेवा प्रालिका कार्यकारी सचिव कुमार सिं तामाङले बताउनु भयो । २०६० सालमा ३ पाङ्ग्रे टायाम्पो विस्तापित हुँदा सोको सट्टामा इन्धनबाट चल्ने सानो सवारी साधन गदैं आएको व्यवसायीले बताएका छन् । २० वर्ष पुराना सवारी साधनलाई विस्तापित गरी प्रदुषण रहित विधुतीय सवारी साधन ९भ्ख्० सञ्चालन गर्ने नेपाल सरकारको निर्णय अनुसार बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेश भित्र यात्रु वहाक सार्वजनिक सवारी साधन गुणस्तर संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ विस्तापित हुने सवारी साधन रुटको व्यवस्था गरेको भएपनि कालीमाटी तरकारी बजारमा कार्गो भ्यानहरु समेटीएको छैन । विस्तापित सवारी साधनको सट्टामा विधुत सवारी साधन ९भ्ख्० भ्यान सञ्चालनका लागि कालिमाटी तरकारी तथा फलफूल भ्यान यातायात प्रालिलाई अनुमति प्रदानका लागि बागमती प्रदेश सरकारलाई शुक्रबार मागपत्र प्रस्तुत गरेको छ । कालीमाटी तरकारी बजारमा फलफूल ढुवानी गर्ने यातायात व्यवसायीहरुलाई इभि ९भ्ख्० भ्यान खरिदको लागि सहुलीयत तथा ऋणमा समेत विशेष व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् । कृषि तथा दैनिक उपभोग्य बस्तु ढुवानीमा ट्राफिक प्रहरीबाट अनावश्यक अफिस समय लागु गरी कृषि उपज ओसार पसारमा असहज गरेकोमा सहसता बनाइयोस लगाएतको माग राखी बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण सहित माग पत्र बुझाएका छन् ।
