संवृद्ध र स्वाभिमान । भाइचारा र सुसंस्कार हाम्रो अभियान !! न्यौपाने परिवार नाता अटुट सम्बन्धको ! न्यौपाने बन्धु समाज नेपालको १५ औं बार्षिक साधारण सभा २०८१ फागुन २४ गते शनिबार प्रोफेसर माधब न्यौपानेको प्रमुख आतिथ्यता एवं केन्द्रिय अध्यक्ष बलराम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ । स्वागत मन्तब्य सह अध्यक्ष पुन्य प्रसाद न्यौपाने, सल्लाहकार संयोजक बामन प्रसाद न्यौपाने न्यौपाने कल्याण चितवन अध्यक्ष राम हरि न्यौपाने ईश्वरी न्यौपाने, कौडिन्य समाज गोत्त्रीय समाज बुटवलका अध्यक्ष बाबुराम आचार्य दया कृष्ण न्यौपाने लगायतको आतिथ्यता रहेको थियोे । न्यौपाने बन्धु समाज बागमती प्रदेश प्रमुख अध्यक्ष बिस्नु प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियोे । लोकप्रिय गायक रामहरि न्यौपानेले गीति गायर मनोरञ्जन प्रदान गर्नु भएको थियोे । कार्यक्रमको संचालन महासचिव नारायण प्रसाद न्यौपानेले गर्नु भएको थियो ।
