मदन भण्डारी फाउण्डेशन काभ्रेले पाँचखालका १ हजार ३ सय भन्दा बढी छात्रालाई सेनेटरी प्याड उपलब्ध गराएको छ । माध्यमिक र आधारभुत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका १ हजार ३ सय ६९ छात्रालाई सेनेटरी प्याड वितरण गरिएको छ । मदन भण्डारी फाउण्डेशन काभ्रेको सहयोगमा अनेरास्ववियु काभ्रेले प्याड वितरण गरेको हो । उक्त कार्यक्रममा मदनभण्डारी फाउण्डेशन काभ्रेका अध्यक्ष कुमार तिमल्सिना, नेकपा एमाले प्रदेश कमिटी सदस्य रिता ढकाल लगायत अनेरास्ववियुका जिल्ला नेताहरुको सहभागीता रहेको थियो ।
