पतंजलि योग समिती काभ्रेको आयोजना, धुलिखेल नगर समितीको संयोजनमा धुलिखेल नगरमा १५ दिन सह–योग शिक्षक तालिम सम्पन्न भएको छ । उक्त तालिममा ४५ जनाले भाग लिएका थिए । तालिम लिएका प्रशिक्षार्थीहरुलाई एक कार्यक्रम बिच प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले धुलिखेल नगरपालिकाले योग जागरण अभियानमा सक्दो सहयोग गर्ने र सम्पूर्ण नागरिकहरुलाई योग आवश्यक रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले स्वस्थ समाजको लागी योग अभ्यास अनिवार्य रहेको बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिकाका पूर्व उप–प्रमुख निर्मला शर्मा, बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला समिती अध्यक्ष ईन्दिरा तौजले, योग सह–प्रशिक्षक गायत्री राना मगर लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तव्य धुलिखेल नगर समितीका संयोजक विष्णु शर्माले गर्नु भएको थियो भने पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
