धुलिखेल–८ बडालगाउँ स्थित धोक्रेटोलमा १० कोठे भवन निर्माण हुुने भएको छ । ३१ लाख लागतमा नव–जीवन संगती सार्वजनिक धार्मिक गुठी निर्माणका लागि बुधबार एक कार्यक्रम बीच धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले शिलान्यास गर्नुभएको हो । स्थानीय उपभोक्ताबाट ४० प्रतिशत बजेट र धुलिखेल नगरपालिकाबाट ६० प्रतिशत बजेटबाट भवन निर्माणकार्य हुने कुरा गुठीका अध्यक्ष श्याम ढलकुटीले बताउनुभयो । १ रोपनी जग्गा क्षेत्रफल रहेको उक्त जग्गामा कच्ची घरमा २०५८ साल देखि करीब २ सय जनाको सहभागीतामा हरेक शनिबार नव जीवन संगतीको धार्मिक कार्यक्रम निरन्तर गर्दै आएको जनाएको छ । उक्त भवन शिलान्यास कार्यक्रममा धुलिखेल नगर उप–प्रमुख निराजन जंगम धुलखेल वडा नं. ८ का अध्यक्ष विनोद गौतम, स्थानीय सरोकारवालाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
