ज्ञानज्योति इङ्गलिस स्कुलको २४ औं वार्षिकोत्सव समारोह तथा एसईई उत्तीर्णलाई विदाई तथा पुरस्कृत समारोह आइतबार सम्पन्न भयो । विद्यालयका प्रबन्धक निर्देशक शरणकुमार मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता प्याब्सन केन्द्रीय उपमहासचिव भिमसेन केसी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले ज्ञानज्योति स्कुलको विद्यार्थीहरुको सिकाईलाई सृजनामा बदली उपलब्धी मुलक बनाएको बताउनुभयो । विद्यार्थीलाई नैतिकता, संस्कार सहितको शिक्षा प्रदान आजको आवश्यकता भएको तर्क प्रमुख अतिथि केसीले गर्नुभयो । विद्यालयको प्रिन्सिपल दिपक मानन्धरले शैक्षिक उपलब्धीको बारेमा प्रस्तुत गर्नुभयो । प्याब्सन काभ्रेका पूर्व अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक तथा काभ्रे टाइम्सको कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने, अभिभावक वर्ग र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
