IMG-LOGO

अन्तराष्ट्रिय महिला दिवसमा स्वास्थ्य सम्बन्धी सचेतना

 मंगल, फागुन २७, २०८१  – हरिनाथ न्यौपाने

     अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘द गोल्डेन हिलिङ्गसः एमपावरिङ वुमन वेलनेस’ कार्यक्रम होटल हिमालयन होराइजन धुलिखेलमा शनिबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली युवा उद्यमी मञ्च काभ्रे, रोटरी क्लब अफ धुलिखेल, काभ्रे महिला उद्यमी संघ, रोट्र्याक्ट क्लब अफ काठमाडौँ युनिभर्सिटी मेडिकल स्कूल (प्ग्ःक्) र नेवा मिसा डबूले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गरेका थिए । स्वागत मन्तव्य सहित कार्यक्रमका बारेमा काभ्रे महिला उद्यमी संघकी अध्यक्ष ज्योत्सना सैंजुले जानकारी दिनुभयो । महिलाहरुको मानसिक स्वास्थ्यमा केन्द्रित रहेर आयोजना गरिएको कार्यक्रममा मानसिक स्वास्थ्यमा असर पर्ने विषय, त्यसका कारण, असरका लक्षणहरु, रोकथाम तथा उपचारका बारेमा जानकारी गराईएको थियो । मानसिक स्वास्थ्य सम्बन्धी जानकारी धुलिखेल अस्पतालमा कार्यरत क्लिनिकल मनोवैज्ञानिक रेविका माकजु श्रेष्ठले दिनुभएको कार्यक्रममा करण धुँजुले मानसिक स्वास्थ्यमा आवश्यक पर्ने आराम तथा मानसिक स्वास्थ्यमा केन्द्रित निर्देशित विषयमा जानकारी गराउनुभयो । मानसिक स्वास्थ्यका कारण उत्पन्न समस्या समाधान, समयमै उपचार र मानसिक स्वास्थ्यमा समस्या भएकाहरुलाई सहज बनाउने वातावरण निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक भएकोमा सहभागीहरुले जोड दिएका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्