IMG-LOGO

एभेरेष्ट एकेडेमीको अभिभावक दिवस सम्पन्न

 मंगल, फागुन २७, २०८१  --

 

     बनेपा विद्यार्थीहरुको सृजनात्मक क्षमतालाई उजगार गरी विद्यार्थी केन्द्रीत शिक्षा ग्रहण गर्ने शैक्षिक वातावरण तय गर्दै अघिबढेको एभरेष्ट एकेडेमीले अभिभावक दिवस तथा एसईई विदाइ तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलको प्रमुख आतिथ्यता र विद्यालयका अध्यक्ष सुन्दर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल अर्जुन थापाले स्वागत सहित शैक्षिक स्तरीयताको बारेमा प्रस्ट पार्नु भएको थियो । प्रमुख अतिथि भुजेलले बालबालिकाहरुको शिक्षण, सिकाइ, शिक्षक, अभिभावक र विद्यार्थीहरुको त्रीर्पक्षीय समन्वय भएपछि गन्तव्यमा पुगिने भएको हुँदा सबैले सहकार्य गरी शैक्षिक प्रभावकारीता ल्याउन मेहनत गर्नुपर्ने उल्लेख गर्नुभयो । शिरमेमोरियल अस्पतालका डा. हेक्टरले बालबालिकाहरु भोलिका देश विकासको खम्बा भएको हुँदा उनीहरुको शिक्षण सिकाईमा आमुल परिवर्तन ल्याउन सबै एकतावद्ध हुनुपर्ने बताउनु भयो । प्याब्सन बनेपा नगर अध्यक्ष महेन्द्र विष्ट, शिक्षा सेवी विमल न्यौपाने, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक एवं काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने, अभिभावक, विद्यार्थीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । विद्यालयमा ९ सय ५० विद्यार्थीहरु अध्यनरतछन् ।

सञ्चारकर्मी तिमल्सिना सम्मानित

     नेपाल पत्रकार काभ्रेका पूर्व अध्यक्ष एवं विगत दुई दशक देखि निरन्तर सञ्चारकर्ममा लाग्नु भएका मोतिराम तिमल्सिना एभरेष्ट एकेडेमीको अभिभावक दिवसमा सम्मानित हुनुभएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्