पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.काभ्रेपलाञ्चोकको १९औं स्थापना दिवस कार्यक्रम संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा संस्थाका सल्लाहकार नवराज के.सी.बाट समुद्घाटन गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संचालक सदस्य कपिल प्रसाद दुलालले राख्नु भएको थियो । कार्यक्रम सञ्चालन सचिव सन्तोष कुमार घिमिरेले गर्नु भएको थियो । संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने महानुभावहरुको सकृय उपस्थितीमा संस्थाको मुख्य कार्यालय बनेपा–८, तीनदोबाटोमा शुभकामना दिदैं एक कार्यक्रमका बीच सम्पन्न गरियो । आ.व.०८०/८१ मा उत्कृष्ट बचत कारोबार तथा ऋण कारोबार गर्ने सदस्यहरुलाई १० वटा विदामा ११ जना उत्कृष्ट सदस्य सम्मान गरियो । संस्थाका अध्यक्ष निरान शाक्य तथा सल्लाहकारबाट उत्कृष्ट सदस्यहरुलाई सम्मान–पत्र सहित पुरस्कृत गरियो । रक्तदान कार्यक्रममा महिला ५ जना र पुरुष १८ जना गरी जम्मा २३ जना रक्तदाता सहभागी भई अमुल्य रक्तदान गरेका थिए । संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उप–समिति, कर्मचारी, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । सदस्यका निमित्त सदस्य शिक्षा, वित्तीय साक्षरता एवं प्रविधि साक्षरता भएको कार्यक्रममा महिला १६ जना र पुरुष २५ जना गरी जम्मा ४१ जना सदस्य सहभागि रहेका थिए । उक्त साक्षरता कार्यक्रम सहायक सागर गौतमबाट सहभागिहरुलाई सहजिकरण गर्नुभएको थिायो । प्रबन्धक नवराज सापकोटाले संस्थाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रमका बीच समवेदना राहत ६ जना सदस्यलाई सल्लाहकारज्यूहरुबाट हस्तान्तरण गरिएको थियो । यस संस्थाको न्युनतम रु.१०,०००।–(१०० कित्ता) बराबरको शेयर खरिद र नियमित बचत गरेका सदस्यहरुलाई उक्त कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप रु. ५०००।– प्रदान गर्दै आएको छ । आ.व.०८१/०८२ को फागुन १५ गते सम्म प्राप्त विवरणका आधारमा सो कार्यक्रममा उक्त राहत वितरण गरिएको थियो । उक्त अवसरमा १ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम हस्तान्तरण गरियो । यस योजनामा सहभागी हुनका लागि सदस्यले निरन्तर बचत खाता खोली मासिक न्यूनतम रु. २००।– वा १००।– ले भाग जाने रकम नियमित मासिक रुपमा जम्मा गर्दै जानुपर्नेछ । यस राहत कोषमा सहभागिताको लागि सदस्यको बचत खातामा कम्तिमा रु. १५,०००।– रहेको हुनुपर्दछ । संस्थामा सदस्यता अवधिभर सदस्य विरामी भई अस्पताल भर्ना गरी उपचार गराउँदा बढीमा एक पटकमा रु. १०,०००।– वा बिल बमोजिमको रकम भुक्तानी गरिनेछ । राहत कोषबाट उपलब्ध गराउने रकम (बढीमा ४ पटक गरी) रु. २०,०००।– भन्दा बढी हुने छैन । अस्पतालमा भर्ना भई उपचार गराएको व्यहोराको अग्रिम जानकारी संस्थामा गराउनु पर्नेछ । यस योजनामा आवद्ध हुने सदस्यको खाताबाट फिर्ता नहुने गरी सदस्य अवधि भर वार्षिक रु. १००।– कट्टि गरी “स्वास्थ्य उपचार राहत कोष” मा जम्मा गरिनेछ ।
