नेकपा एमाले धुलिखेल –८ वडा कमिटीको अधिबेशन सनिबार सम्पन्न भयो । एमाले काभ्रे सह इन्चार्ज रेशम लामाको प्रमुख आतिथ्यता तथा वडा उप सचिव पार्वती केसीको सभापतित्वमा भएको कार्यक्रममा उक्त अधिबेशनले जितेन्द्र खत्रीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । उपाध्यक्ष चन्द्रकुमार लामा, सचिव शिव चौलागाईं, उप सचिव अनिल लामा, उप सचिव कबिता मिजार सदस्यहरु रबिना तामाङ, रामेन्द्र बडाल, मनिशा तामाङ, रेखा तामाङ, रेखा तामाङ, साइली तामाङ, सते तामाङ, उमेश न्यौपाने, रुद्रध्वज खड्का कपिल लुइँटेल, मन कुमारी तामङ, गोबिन्द चौलागाईं र देबि प्रसाद ढुङ्गाना रहनु भएको छ । कार्यक्रममा अखिल नेपाल काभ्रे पुर्ब अध्यक्ष सधुराम बडाल, एमाले धुलिखेल नगर कमिटी पुर्ब अध्यक्ष दया राम महत वडा इन्चार्ज गिता लामा, जिल्ला कमीटी सदस्य राम व. तामाङ, मिलन गौतम, पूर्व वडा इन्चार्ज कृष्ण प्रसाद शर्मा संगठनका संगठित सदस्यहरुको उपस्थिति रहेको थियो ।
