लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालको फागुन २४ गते पोखरा सिटी हलमा डिस्ट्रिक्ट गभर्नर लायन विनोद ढुङ्गानासरको अध्यक्षता एवं सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुबा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनबाट लायन राजन लम्साल लायन्स अन्तर्राष्ट्रियको डाइरेक्टर इन्डोर्सी पदमा निर्वाचित हुनुभएको छ । डिस्ट्रिक्ट ३२५ आइ नेपालको सर्वोच्च नेतृत्व डिस्ट्रिक्ट गभर्नर पदका लागि लायन पार्वती खरेल पाण्डे, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर पदका लागि लायन सूर्यकुमार केसी तथा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदका लागि शैलेन्द्रमोहन भट्टराई निर्वाचित हुनुभएको छ ।
जसमा मनोनित क्याविनेट सेक्रेटरीमा लायन रामबहादुर श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन महेन्द्रकुमार राठी, डिस्ट्रिक्ट चिफ एडभाइजर लायन बिष्णुप्रसाद भण्डारी, पि.आर.ओ .इन चिफ लायन ऋषि गिरी, डिष्ट्रिक्ट चिफ काउन्सिलर लायन अमृत शोभा खत्री, लायन महेश पाण्डे, चिफ एडमिनिट्रेटर लायन जनार्दन फुयाँल, लायन हरिराज पन्त र लायन शान्ता देवि थापा भण्डारी,चिफ एम्बेसडर अफ गभर्नरमा लायन सुवासचन्द्र जोशी, एडमिनिष्ट्रेटर लायन सूर्यनारायण बराल, लायन सन्तोष रावल, लायन अमृतप्रसाद तिवारी, लायन पवित्रराज तिवारी, लायन विनय अग्रवाल, लायन राजु चालिसे, लायन विना थापा ,लाय सुरेन्द्रमान सिंह भण्डारी, लायन शिवराम गौतम, लायन विन्दु घिमिरे, लायन टंकराज अधिकारी, लायन युवराज खनाल र लायन सन्दीप क्षेत्री मनोनित हुनु भएको छ ।
