इशा मेमोरियल स्कुल बनेपाको १९ औं वार्षिकोउत्सब समारोह साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यता, लोक गायक मक्षेश्वर सापकोटाको आतिथ्यता तथा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुर्यप्रभा शाक्यको सभापतित्वमा सम्पन्न भयो । विद्यालयका प्रबन्ध निर्देशक नारायण जोशीले शैक्षिक प्रगतिको बारेमा प्रष्ट पार्नु भयो । विद्यालयमा दुई सय ५० जना विद्यार्थी अध्ययनरत छन् । उक्त कार्यक्रममा २६ जना विद्यार्थी दीक्षीत भएका छन् । लामो समय कार्य गर्नुभएको कर्मचारी भवानी भण्डारीलाई सम्मान गरिएको थियो । योगदान गर्ने र सांस्कृतिक कार्यक्रम खेलकुदमा प्रथम दुत्तीय र तृतीय हुनेहरुलाई सम्मान गरिएको थियो । डाक्टर रामकान्त लामिछाने लागयतको आतिथ्यता रहेको थियो ।
