IMG-LOGO

नेकपा एमाले बनेपा नगर कमिटी अब नवराजले हाँक्ने

 मंगल, फागुन २७, २०८१  --

 

     नेकपा एमाले बनेपा नगरकमिटी अध्यक्षमा नवराज मानन्धर निर्वाचित हुनुभएको छ । उहाँसँग रामशरण दाहाल र साधुराम दाहाल प्रतिस्पर्धामा उत्रेकोमा दुवैलाई पछि पार्दै नवराज मानन्धरले विजयी हाँसिल गर्नुभएको हो । अध्यक्ष मानन्धरले १ सय १६ मत ल्याइनुभयो अर्का प्रतिस्पधी रामशरण दाहालले १ सय मात्र र साधुराम दाहालले १३ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा शिब थापा, सचिबमा पवन के.सी., उपसचिबमा बिक्रम प्रजापती, उप सचिब महिलामा नारायणी शर्मा (निर्बिरोध निर्वाचित) हुनुभएको छ । नेकपा एमाले पोलिटयूरो सदस्य एवं संघीय सांसद गोकुल बास्कोटा दोश्रो अधिवेशनको उद्घाटन गर्नुभयो । कार्यक्रममा एमाले काभे्र अध्यक्ष राजन भुर्तेल, पूर्व अध्यक्ष अशोक व्याञ्जु, जिल्लाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । नगर अध्यक्ष रत्नकुश रञ्जीतकारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्