IMG-LOGO

कार्य सम्पादन मुल्याङ्कनमा बनेपा नगरपालिका काभ्रे जिल्लामा पहिलो बन्यो

 मंगल, फागुन २७, २०८१  रमेश प्रसाद न्यौपाने

 

     स्थनीय सरकार नागरिकहरुको घरदैलोको सरकार हो । नागरिकहरुले प्राप्त गर्ने सेवा प्रवाह चुस्त दुरुस्त प्रभावकारी हुनुपर्छ । सेवा, प्रवाह कार्यसम्पादनको अवस्था कस्तो रहेको छ सोको बारेमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनको नतिजा आइतबार सार्वजनिक भएको छ । अंकको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये प्रारम्भिक नतिजामा देशभर चौथो भएको बनेपा नगरपालिकाले आफ्नो स्थान कायम नै राख्न सक्यो । बनेपा नगरपालिकाले ७८ नम्वर प्राप्त गरी देशभर चौथो र जिल्लामा पहिलो पालिका भएको छ ।

     काभ्रे जिल्लाको छैटौ पालिकामा परेको महाभारत गाउँपालिका दोश्रो हुन सफल भएको छ । महाभरात गाउँपालिकाले प्रारम्भिक नतिजामा ६१.१ नम्वर प्राप्त गरेको थियो । मुल्यांकन मापदण्डमा छुट भएका विवरणहरु थप्न सकिने अवधी भित्र गाउँपालिकाले आवश्यक कागजात बुझाए पछि जिल्लामा दोश्रो बनेको छ भने देशभकार गाउँपालिका भित्र उत्कृष्ट पालिका बनेको छ । जस अन्तरगत महाभारत गाउँपालिकाले ७४.१२ अंक प्राप्त गरेको छ ।

     प्रारम्भिक नतिजा भन्दा थप सुधार गरेका पालिकाहरुमा रोशी ७०.०८, धुलिखेल ६९.३२, बेथान्चोक ६०.८७, नमोबुद्ध ६१.३२, भुम्लु ५५.४५, तेमाल ५३.११, चौरीदेउराली ६०.९१ रहेका छन् । पनौती ७२.९७, खानीखोला ६२.२९, मण्डनदेउपुर ५७.६९ नम्वर ल्याएर प्रारम्भिक नतिजा भन्दा कम अंक पाएका छन् । पाँचखाल नगरपालिको ५७.६ अंक नै कायम भएको छ । अन्तिम परिणाम अनुसार क्रमशः बनेपा, महाभारत, पनौती, रोशी, धुलिखेल, खानीखोला, नमोबुद्ध, चौरीदेउराली, बेथान्चोक, मण्डनदेउपुर, पाँचखाल, भुम्लु र तेमाल गाउँपालिका रहेका छन् ।

काभ्रे जिल्लामा कुन पालिकाले कति अंक पाए ?

     यस अघि सार्वजनिक भएको प्रारम्भिक नतिजा मध्ये पनौतीले ७३ नम्वर प्राप्त गरेको छ भने रोशीले ७०.१ नम्वर प्राप्त गरेको छ । धुलिखेल नगरपालिकाले ६९.३ प्रतिशत, खानीखोला गाउँपालिकाले ६२.३, महाभारत गाउँपालिकाले ६१.१, बेथान्चोक गाउँपालिकाले ६०.९, मण्डनदेउपुर नगरपालिकाले ५७.७, पाँचखाल नगरपालिकाले ५७.६, नमोबुद्ध नगरपालिकाले ५६.३, भुम्लु गाउँपालिकाले ५५.४ प्रतिशत र तेमाल गाउँपालिकाले ५३.१ प्रतिशत नम्वर प्राप्त गरेका छन् । चौरीदेउराली गाउँपालिकाले ५२.९ प्रतिशत अंक प्राप्त गरेका थिए ।

     बनेपा नगरपालिकाले १ सयमा ७८ अंक प्राप्त गरी चौथो बनेको हो । बनेपासँगै स्याङजाको आँधिखोला गाउँपालिका पनि आयोगको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट चौथोमा पर्न सफल भएको छ । डडेल्धुुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका बनेको छ । आयोगले विभिन्न १७ वटा सूचक तथा मापदण्ड राखेर १०० पूर्णाङ्कमा गरेको कार्यसम्पादन मूल्याकंनमा अमरगढी नगरपालिका ७५३ स्थानीय पालिका मध्ये ८१.७ अंक प्राप्त गरी देशकै सबैभन्दा उत्कृष्ट पालिका बनेको हो । अमरगढी पछि उत्कृष्ट हुने पालिकामा इलामको सुर्योदय नगरपालिका रहेको छ । आयोगको कार्यसम्पादन मूल्यांकनमा सुर्योदयले ८०.२ अंक प्राप्त गरेको हो । देशभरीका पालिकामा नै उत्कृष्ट अमरगडी र दोस्रो सुर्योदय हुँदा २ सय ७६ नगरपालिकामा पनि तीनीहरु नै उत्कृष्ट भएका छन् । ४६० गाउँपालिकामध्ये उत्कृष्ट स्याङजाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ भएका छन् । तीनीहरु दुवै गाउँपालिकाले बराबर ७८.२ अंक प्राप्त गरेका छन् ।

     देशभरका ७५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा पनि कालिगण्डकी र नेत्रावती तेस्रो उत्कृष्ट पालिका बनेका छन् । आयोगले प्रत्येक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरेको हो । अंधिकास पालिकाहरुमा सुशासन पादर्शीता, जवाफ देहितामा प्रश्न उठ्ने, आलोचित हुने सन्दर्भल गिज्याइ रहेको विश्लेशण हुने गरेको थियो । राज्यका सम्बन्धीत निकायले स्थानीय सरकारहरुले गरेको सेवा प्रवहाको निगरानी कार्य सम्पादन मुल्याङ्कनको यथार्थ चित्ररणले नागरिकहरुमा केहि आसा भने जगाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्