कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले राजनीति भनेको समाजसेवा भएकाले नेता कार्यकर्ताले पदका लागि मात्र राजनीति गर्न नहुनेमा जोड दिनुभयो । शुक्रबार बनेपामा नेपाली कांग्रेस काभ्रे, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर २ (ख) काभ्रेको दोस्रो प्रदेशसभा क्षेत्रीय भेला सम्मेलनलाई सम्बोधन गर्दै नेतृ डिनाले आगामी निर्वाचन काङ्ग्रेसमय हुने दाबी गर्नुभयो । त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले ठूलो पार्टीमा निर्वाचनमा टिकट पाउन प्रतिश्पर्धा हुनु स्वभाविक भएको बताउँदै विवाद र आन्तरिक कलह कायमै रहन नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, केन्द्रीय सदस्यत्रय शिव हुमागाईं, मधु आचार्य र गणेश लामा, कांग्रेस वागमतीका महामन्त्री एवं प्रदेशसभा सदस्य कन्चनचन्द्र वादे, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, कांग्रेसका शीर्ष नेताहरु इन्द्रमणि अधिकारी, अच्युत पौडेल, प्रदेश २ (ख) का तीस वटा वडाका नेता कार्यकर्ता एवं जिल्लाका सबैजसो शीर्ष नेताहरुका साथै पालिका प्रमुख, उपप्रमुख, पालिका सभापति, उपसभापति, पार्टीबाट निर्वाचित वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रदेश क्षेत्र नम्बर २ (ख) का सभापति रामहरी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
