बनेपा–१२ कोटथुम्का, कोटथुम्का खानेपानी तथा सरसफाई जल उपभोक्ता समितिको तेस्रो अधिवेशन विहिबार सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि समूहका प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति रहेको सो भेलालाई सुजन ज्ञवालीले सञ्चालन गर्नुभएको थियो । इच्छा राम थापाको सभापतित्वमा सम्पन्न तेस्रो अधिवेशन–२०८१लाई बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटाले उद्घाटन गर्नुभएको थियो ।
इच्छाराम थापाको अध्यक्षातामा ११ सहसीय सञ्चालक समिति निर्विरोध निर्वार्चित गरेको छ । त्यसैगरी उपाध्यक्षमा लक्ष्मी थापा, कोषाध्यक्षमा उमा सत्याल थापा, सचिवमा कृष्णजी थापा र सदस्यहरुमा प्रलाद थापा, सपना थापा, रोशन थापा, हरिशरण विष्ट, सुशीला ज्ञवाली, किशोर थापा र लक्ष्मी श्रेष्ठ रहनुभएको छ ।
