बनेपा/पतंजलि योग समिति काभ्रेको आयोजनामा बिगत्का वर्षहरुमा झै महा शिवरात्रीको पावन अवसरमा श्री माई चण्डेश्वरी मन्दिरको प्राङ्गण्मा अखण्ड गायत्री मन्त्र महा मृत्युन्जय जप तथा यज्ञको आयोजना गरियो । बिहान ६ बजे देखि साझँ ६ बजेसम्म निरन्तर १२ घण्टा गरिएको उक्त यज्ञको पतंजलि योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजलेले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष तौजलेले पतंजलि योग समिति काभ्रेले प्रत्यक वर्ष महा शिवरात्रीको दिनमा अखण्ड गायत्री तथा यज्ञ गर्दै आएको र आगामी वर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा बागमति प्रदेश सांसद कन्चन चन्द्र बादे, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, वडा अध्यक्षहरु, पतंजलि योग समिति बागमति प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजलि योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष इन्दिरा तौजले, पतंजलि योग समितिका पदाधिकारीहरु, योग शिक्षकहरु, योग साधकहरु र चण्डेश्वरी मन्दिरमा आउनुभएका हजारौँ संख्यामा तिर्थालुहरु उपस्थिति रहेको सञ्चार प्रभारी मिलन श्रेष्ठले बताए । उक्त कार्यक्रमको संयोजक महिला पतंजलि योग समितिका महा मन्त्री लक्ष्मी उलकले सहजीकरण गर्नुभएको थियो ।
