बनेपा/अर्किड ईन्टरनेश्नल एकेडेमीको १५ औ वार्षिक उत्सब, दीक्षान्त समारोह तथा अभिभाबक दिवसको बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्नुभयो । प्रमुख अतिथी शाक्यले अर्किड इन्टरनेश्नल स्कुल विद्यार्थीहरुको शिक्षण सिकाई प्रभावकारीता र सृजनाशिलता सहित रहको बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल अनिता प्रजापतिले वार्षिक शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । विद्यालयमा प्ले ग्रुप देखी कक्षा ७ सम्म अध्यापन हुँदै आएकोमा आगामी शैक्षिक सत्र २०८२ बाट कक्षा ८ सम्म अध्यापन हुने प्रजापतिले उल्लेख गर्नुभयो ।
कार्यक्रममा २४ जना बालबालिकाहरुलाई दीक्षित गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालक समितिका संस्थापक अध्यक्ष पुकार कर्णजित, उपाध्यक्ष रोशन श्रेष्ठ, सचिब रजित पलाञ्चोके, सञ्चालक सदस्यहरु, अभिावक विद्यार्थीहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका काबा अध्यक्ष राधा कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।
