काभ्रे जिल्लाकै पहिलो संस्थागत विद्यालय सिद्धार्थ ईङ्गलिस सेकेण्डरी स्कुल कक्षा १२ तर्फ ब्यबस्थापन तथा विज्ञान विषयको २४ औ वार्षिक उत्सब सम्पन्न भएको छ । शिक्षा विकास समन्वय ईकाइ प्रमुख देबका ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व स्कुलका संस्थापक अध्यक्ष ज्ञान बहादुर केसीले गर्नुभएको थियो । प्रमुख अतिथी ढकालले विद्यार्थीहरु र शिक्षकले मात्रै नभई शिक्षक, अभिभावक र विद्यार्थीहरुको क्रियक्षीय समन्वयमा मात्रै शैक्षिक स्तरीयता कायम हुने बताउनुभयो ।
विद्यार्थीहरुले कक्षा ११ र १२ उतिर्ण गरीसकेपछि कुन देश जाने नसोची आफ्नै देशमा अध्ययन गर्ने र यही केहि गर्न सकिन्छ भन्ने धारणा राख्नुभयो । कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तरीय वृद्धिको सवालमा प्रिन्सिपल गुन्जप्रसाद लुईटेलले प्रतिवेदन प्रस्तुत गर्नुभयो । लुईटेलले सिद्धार्थ स्ुकुलले विज्ञान विषय तर्फ नेपाल टप गरी हाल सम्म उच्चतम र शतप्रतिश विद्यार्थीहरु उतिर्ण गराउन सफल भएको बताउनु भयो ।
शैक्षिक सत्र २०८१ मा कक्षा ११ र १२ मा २ सय ५० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका लुईटेले बताउनुभयो । कार्यक्रममा प्याब्सन केन्द्रका उप महासचिब भिमसेन केसी, जिल्ला अध्यक्ष श्याम बहादुर भुजेल, बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा खेलकुद प्रतियोगिता तथा बिभिन्न अतिरिक्त कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सास्कृति कार्यक्रमको प्रस्तुती रहेको थियो ।
