IMG-LOGO

बेलर स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम धेरै चरणमा

 मंगल, फागुन २०, २०८१  ---

      गत मंगलबार पहिलो चरणको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सुरु गरेको काभ्रेको बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले शुक्रबार दोस्रो चरणको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले समुद्घाटन गर्नुभएको कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा समापन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले शिक्षा क्षेत्रमा बेलर स्कुलले उल्लेख्य योगदान दिएको बताउदै विद्यालयको थप प्रगतिको कामना गर्नुभयो । मन्टेश्वरी, प्लेग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम, खेल प्रदर्शनी गरेको विद्यालयकी प्रिन्सिपल इन्दु थापाले जानकारी दिनुभयो । तेस्रो दिन बनेपा नगर उप–प्रमुख विमला सापकोटा दाहालले उद्घाटन गर्नुभएको थियो ।

      कार्यक्रममा बनेपा वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्य, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद कुमार न्यौपाने, पूर्वअध्यक्षहरु लगायतले बिधालयको प्रगतिको शुभकामना गर्नुभएको थियो । विद्यालयका अध्यक्ष भोला थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयमा लामो समय काम गरेका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्