IMG-LOGO

मृत भेटीएकी शर्मिलाको हत्यारा रामेछापको बुढाथोकी भएको पुष्टि

 मंगल, फागुन २०, २०८१  ---

      बनेपाको एक होटलमा महिला मृत भेटीएकी छिन् । बनेपा नगरपालिका वडा नं. ८ स्थीत होटल भ्यू पाहुना घरमा विहिबार साँझ ५ः३० बजे एकजना महिला मृत फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षाक ज्ञानवहादुर खड्काले जाकारी दिनुभयो । प्रारभीक अनुशन्धान अनुसार मृत महिला रामेछाप घर भइ बनेपा वडा नं. ६ बस्ने २३ वर्षीय शर्मिला श्रेष्ठ हुन् । उनी बनेपाकै एक मेडिकलमा काम गर्दै आएकी थिइन् घटनाको प्रकृति हेर्दा हत्याको आशंका प्रहरीले गरेको छ । प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलीको थप अनुशन्धानको क्रममा रामेछाप जिल्ला कै शर्मिला सँग रिलेशन सिपमा बस्दै आएका २५ वर्षिय भरत बुढाथोकीले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी काभ्रे धुलिखेलका निमित्त प्रहरी निरीक्षक सूचना अधिकारी दिनेश वहादुर कुँवरले जिल्ला अदालतले पक्राउ पूर्जीजारी गरेको हुँदा हत्यामा संग्लन भरत बुढाथोकीलाई प्रक्राउ गर्न प्रहरी टोली परिचालन गरेको बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्