पनौती, ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती–६ ले रजत वर्ष २०८१ संस्थामा विभिन्न विधामा योगदान गर्नेलाई सम्मान गरीहिजो भव्य रुपमा मनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरी रजत वर्ष स्मारिकाको विमोचन समेत गर्नुभयो । ज्योति मिर्मिले साकोसले सदस्यहरुको आर्थिक उन्नतीमा साथ दिई २५ आँै वर्ष प्रवेश गरेकोमा बधाई सहित प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागितामा उपलब्ध स्रोत साधानको अधिकतम परिचालन गरी तिब्र आर्थिक वृद्धि हाँसिल गर्न र विकास र समृद्धि ल्याउन नयाँ अध्यादेश सरकारले ल्याएको र संसदबाट पास गर्ने मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न समारोहमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवी बस्नेत, प्रोस्कुनका बरिष्ठ उपाध्यक्ष जीवराज खड्का, बागमती प्रदेश सहकारी संघ लिका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, नेप्सकुनका संचालक खेम सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरका सभापति विवेक भट्टराई, सम्मानितको तर्फबाट शिक्षासेवी रामप्रसाद अधिारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । ५ सय ७२ जेष्ठ सदस्य मध्ये २ सय जनालाई हिजो सम्मान गरी पौष्टिक आहार वितरण गरेको थियो । ७५ वर्ष माथिकालाई प्रतिव्यक्ति वार्षिक १ हजार दुई सय भत्ता र ७० देखि ७४ वर्षउमेरकालाई सम्मान गरिएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताउनुभयो । शिक्षा सेवी रामप्रसाद अधिकारी, पूर्व सञ्चालकहरु एक सय जना, पूर्व कर्मचारी १० जना, विशिष्ट सदस्य केशव थापा, उत्कृष्ट सदस्य जयराम तिमल्सिना, १८ वर्ष माथि सेवा गर्ने कर्मचारी सुनिता तिमल्सिना, साधुराम थापा, संस्थापक सदस्य २८ जना, एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान, उत्कृष्ट कारोबार गर्ने २२ जनालाई सम्मान गरेको छ । २८ हजारबाट संस्था सञ्चालन गरेको संस्थाको सम्पत्ती १ अर्ब ३० करोड रहेको छ । २२ हजार शेयर सदस्यहरुको आर्थिक उन्नतीमा सहयोग पुर्याएको संस्थाले जनाएको छ ।
