हनुमान माध्यमिक विद्यालय धुलिखेल ११ को शैक्षिक मेला तथा प्रदर्शनी कार्यक्रम हिजो सम्पन्न भयो । धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सरिता कुमारी सुनुवारले स्वागत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयवहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, शिक्षा शाखा प्रमुख डिक बहादुर राई, अधिकृत भोजकुमार ठकुरी लगायतको आतिथ्यता रहेको थियो । विद्यालयले विद्यार्थीहरुले शिक्षण सिकाइ गरेका विषय बस्तुहरुको व्यवहारिक ज्ञान प्राप्त गराउने उद्देश्यले हरेक वर्ष शैक्षिक भेला तथा प्रदर्शनी गर्दै आएको कुरा शिक्षक नारायण अधिकारीले बताउनुभयो । छिमेकी विद्यालयका शिक्षकहरु, विद्यार्थीहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक वर्गको उपस्थिति रहेको थियो । विद्यालयका विद्यार्थीहरुले आफुले सिकेका प्रतिभालाई सृजनाको माध्यमबाट विभिन्न ४८ वटा स्टल राखेर आफ्नो प्रतिभालाई उजगार गरेका थिए । उक्त मेलामा करिब ४ सय जना विद्यार्थीहरुले अबलोकन गरेका थिए ।
