IMG-LOGO

सिपाघाटमा मुटुरोग तथा बाथ मुटु रोग शिविर सम्पन्न

 मंगल, फागुन १३, २०८१  ---

       हृदयरोग निवारण प्रतिष्ठान केन्द्रको सहयोग,काभ्रे जिल्ला शाखा र नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिपाघाट इकाइको आयोजना, धुलिखेल अस्पतालको प्राविधिक सहयोग मा ५ बर्ष देखि १६ बर्ष सम्मका बालबालिकाहरुको लागि मुटुरोग तथा बाथ मुटुरोग स्क्रिनिङ परीक्षण तथा परामर्श शिविर विज्डम कम्युनिटी स्कूल सिपाघाटमा सम्पन्न भएको छ ।

       उक्त शिविरमा विज्डम कम्युनिटी स्कूल सिपाघाट, भिमसेन प्रा वि मण्डन देउपुर –६ काभ्रे, फटकाशिला मा बि मेलम्ची न.पा.–१३, इन्द्रावती आधारभुत बिध्यालय, ढोटार आधारभुत बिद्यालय, पन्चकन्या आधारभूत बिद्यालय इन्द्रावती गाउँ पालिका–१२ सिन्धुपाल्चोक र न्यु लिटिल स्टार इङ्लिश बोर्डिङ स्कुल मण्डन देउपुर–७ काभ्रे गरी जम्मा १००५ जना बालबालिकाहरुको मुटु जाँच गरिएको छ । बाल मुटुरोग विशेषज्ञ डा. अनिश जोशी नेतृत्वको चिकित्सक टोली डा. शरद राज रिजाल, डा.सबिनकुमार थापाद्वारा जाँच गरिएको थियो ।

       शिविरमा यौन तथा प्रजनन स्वास्थको बिषयमा पनि लोकप्रिय स्वास्थ्य समाजको तर्फबाट विशेषज्ञ तुलसी देवी मानन्धरद्वारा महिला बिद्यार्थीहरुलाई परामर्श सम्पन्न गरियो । स्वास्थ्य प्राविधिक सबिना श्रेष्ठले इसिजी गर्नु भएको थियो । मुटु जाँच तर्फ ७३ जना को इको, २० जना को इ सि जि गरियो । जाँच गर्दा मुटुमा समश्या देखिएका ७ जना र यौन तथा प्रजनन तर्फ ७ जना लाई फलोअप को लागि अस्पतालमा जान सिफारिस गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान सिपाघाट इकाइ्‌का सयोजक रमेश ढकालले जानकारी दिनु भयो । साथै सिपाघाट इकाइका सचिव उत्तम लामा, सदस्य प्रेमकाजी पोटे र सदस्य तथा स्वास्थ्यकर्मी श्याम कृष्ण खडका यस्तो शिविरले बालबालिकाहरुमा भएको मुटुको कुनै पनि समश्या पहिचान गरी समाधान गर्न सहयोग पुग्ने बताउनु भयो । साथै जिल्ला सभापति टीका भक्त भोछिभया, उपसभापति सिध्दिबहादुर कर्माचार्य र हर्ट फाउण्डेशनका पूर्व सभापति तथा रोटारी क्लबका प्रतिनिधि अशोक श्रेष्ठ, डा. अनिश जोशीले समय समयमा यस्ता शिविर गर्नुपर्ने र त्यसको लागि आफुहरु तयार रहेको बताउनुभयो ।

       उक्त शिविर सम्पन्न गर्न ठाउँ तथा व्यवस्थापनमा सहयोग गर्नुहुने विज्डम कम्युनिटी स्कूल परिवार साथै शिविर सम्पन्न गर्न विशेष सहयोग गर्नुहुने सुदिपा ट्रेडिङ कम्पनी प्रा लि, मेलम्ची ए कोन क्रसर उद्योग, जलदेवी स्टोन प्रा लि, नेपाल निर्माण क्रसर उद्योग, थ्री जि क्रसर उद्योग, मेलम्ची इन्द्रावती ह्युम पाइप उद्योग र मेलम्ची एण्ड इद्रावती स्टोन प्रा लि साथै उक्त शिविर सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरु लगायत नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखाका सह सचिव सत्यनारायण श्रेष्ठ, सदस्य महेन्द्र जोशी उपस्थित प्रतिनिधिहरु, धुलिखेल अस्पताल तथा डा. अनिश जोशी नेतृत्वको चिकित्सक टोली, रोटरी क्लब अफ धुलिखेल, किवानिज क्लब अफ काभ्रेलाई सिपाघाट इकाइको तर्फबाट सयोजक रमेश ढकालले सिपाघाट इकाइको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्