नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताउनु भएको छ । बुधबार नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको आयोजनामा आयोजित २३ औँ जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ७ दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक र आर्थिक क्रान्तिको अगुवाई गर्दै आएको बताउनुभयो । संघका जिल्ला अध्यक्ष शम्भुप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाई र मधुप्रसाद आचार्य, जिल्ला सभापति तीर्थ लामा लगायतले शिक्षकको योगदानको बारेमा चर्चा गरेका थिए । सो अवसरमा शैक्षिक सत्र ०८०/०८१ मा जिल्लाका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
