काभ्रे तेमाल गाउँपालिका ३ कुन्डोल स्थितमा धादिङबाट बिबाहाको जन्ति पुराएर फर्कने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याग गर्ने क्रममा बिहिबार सडकबाट २०० मिटर तल खस्दा तेमाल गा.पा १ बस्ने बर्ष ५० को राम सिङ तामाङ घटना स्थलमा मृत्यु भएको हो । चालक मकवानपुर जिल्ला बागमति गाउँपालिका बस्ने बर्ष ५०को कृष्ण ब्लोन गम्भिर घाईते भई उपचारको लागी धुलीखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । प्रहरी चौकी पचुवारघाटबाट प्रहरी सम्भु बोहराको कमाण्डमा ३ जनाको टोली खटि गएको, थप अनुशन्धानको लागी प्रहरी चौकी पाँचखालबाट प्रहरी निरिक्षक किशोर कुमार बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो ।
