IMG-LOGO

बिन्धबासिनी साकोससँग युवा कार्यक्रम

 मंगल, फागुन १३, २०८१  ---

       बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भकुण्डे सेवा कार्यालयले सस्थाको ३२औं स्थापना दिवसको अवसर पारेर युवा सँग बिन्धवासिनी कार्यक्रम अन्तरगत एक दिने वित्तीय साक्षरता कार्यक्रम संचालन शुक्रबार  नमोबुद्ध ४ स्थित जनक माबिमा सम्पन्न गरेको छ । संचालक सदस्य बुद्धिमाया लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा बिधालयका ११ र १२ कक्षा अध्यनरत करिव ९० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वितीय साक्षरताको महत्त्व, वचत  गर्ने तरिका, आम्दानी र खर्चको सन्तुलन संगै  डिजिटल प्रविधिको प्रयोग र हुन सक्ने जोखिम लगायत बिन्धवासिनी सहकारीको बारेमा बिभागिय ब्यबस्थापक मित्र प्रसाद दाहालले प्रशिक्षण दिनुभएको थियो ।

       कार्यक्रममा जनक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिहर अधिकारी, बिधालयका प्रअ प्रदिप पोखरेल, शिक्षक मातृका दाहाल, सहभागी विधार्थी रस्मिता गौतम र मुकेश श्रेष्ठले वर्तमान अवस्थामा कार्यक्रम एकदमै फलदायी भएको बताउनु भएको थियो । भकुन्डे सेवा कार्यालय ब्यबस्थापन उप समितिका सचिब रामशरण श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा कार्यालय ब्यबस्थापनक राजेन्द्र श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्