बार्षिक कार्ययोजना अनुसार सस्थाको कार्यक्षेत्र भित्रका माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि अन्तर बिद्यालय खुला बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सस्थाको पाँचखाल, बनेपा र कुन्ता गरि ३ वटै कार्यालय रहेका नगर भित्र का माध्यमिक बिद्यालयहरु बिच अलगअलग कार्यक्रम सम्पन्न भएको हो । “ग्रामीण अर्थतन्त्र बिकासमा सहकारीको भुमिका “बिषयमा वक्तृत्व कला प्रतियोगिता गराइएको थियो । त्यसैगरी पाँचखाल सेदा कार्यालय पाँचखाल शिक्षा शाखासंगको समन्वयमा नगर भित्र संचालनमा रहेका मध्ये १२ वटा बिद्यालयको सहभगितामा पाँचखाल भ्याली सेकेण्डरी स्कुल मा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । सस्थाका अध्यक्ष बाबुकाजी पराजुली को शभापतित्वमा सम्पन्न कार्यक्रम मा पाँचखाल वडा न ४ का वडा अध्यक्ष सुन्दर तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने सस्थाका शिक्षा तथा तालिम उपसमिती संयोजक बिष्णु प्रसाद पराजुली, लेखा समिती सदस्य डि बि एडि, पाँचखाल नगरपालिका प्रतिनिधि सुबिता ढुंगाना, बिषय बिज्ञ हरि प्रसाद भण्डारी, सस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुर नाथ अधिकारी लगायतको आतिथ्यता रहेको थियो । सस्थाका आर्थिक/प्रशासन बिभाग प्रमुख मनुप सापकोटाले संचालन गर्नु भएको कार्यक्रममा सस्थाका ऋण बिभाग प्रमुख रघुनाथ पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथी सुन्दर तामाङले पानसमा दिप प्रज्ज्वलन गर्दै कार्यक्रमको सफलताको शुभकामना सहित कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा महाकाल मा.बि की छात्रा समिक्षा सापकोटा प्रथम, आजाद मा.बि की छात्रा मेलिना श्रेष्ठ द्वितीय, पाँचखाल भ्याली सेकेण्डरी कि छात्रा कृति लामिछाने तृतीय र जनता मा.बि कि छात्रा मनिषा तामाङले सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।
त्यसैगरी बनेपा केन्द्रमा बनेपा नगर भित्र संचालनमा रहेका मध्ये १० वटा बिद्यालयको सहभगितामा बनेपा नगरपालिका हलमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । सस्थाका बनेपा सेवाकेन्द्र ब्यबस्थापन समिती संयोजक श्यामसुन्दर चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा बनेपा नगर उप प्रमुख बिमला सापकोटा को प्रमुख आतिथ्यता रहेको थियो भने सस्थाका संचालक समिती सदस्य बेला लामा, बिजया कोइराला, शिक्षा तथा तालिम उपसमिती सदस्य केदार प्रसाद घिमिरे, सेवा केन्द्र ब्यबस्थापन समिती सदस्य ठाकुर प्रसाद घिमिरे, मदन ढुंगाना, सल्लाहकार एवं बिषय बिज्ञ सत्यवती भट्टराई लगायतको आतिथ्यता रहेको थियो । सस्थाका बनेपा सेवा केन्द्र प्रमुख प्रभुराम कोइरालाले सञ्चालन गर्नुभएको थियो । प्रतियोगितामा चण्डेश्वरी सृष्टिकान्त मा.बि कि छात्रा गरिमा अधिकारी प्रथम, शुभ चामुण्डा मा.बि कि छात्रा आशिका तिमल्सिना द्वितीय, शिक्षा सदन मा.बि कि छात्रा बिनिषा गौतम तृतीय र श्वेत बाराह मा.बि कि छात्रा स्मृति घिमिरे ले सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।
त्यसैगरी कुन्ता सेवा केन्द मण्डनदेउपुर नगर भित्र संचालनमा रहेका मध्ये ११ वटा बिद्यालयको सहभगितामा डेडिथुम्का मा.बिमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । सस्थाका उपाध्यक्ष जान्दवी अधिकारीको शभापतित्वमा सप्पन्न कार्यक्रममा मण्डनदेउपुर वडा न ७ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कुन्ता सेवा केन्द्र ब्यबस्थापन समिती संयोजक रामेश्वर सापकोटा, मण्डनदेउपुर नगरपालिका प्रतिनिधि रामचन्द्र बजगाइ, बिषय बिज्ञ बैकुण्ठ प्रसाद न्यौपाने, टीका बहादुर काफ्ले लगायतको आतिथ्यता रहेको थियो । सस्थाका सचिव राम प्रसाद कोइरालाले संचालन गर्नुभएको थियो । प्रतियोगितामा डेडिथुम्का मा.बि कि छात्रा रोशनी रम्तेल प्रथम, बालुवा मा.बि कि छात्रा प्रकृति ढकाल द्वितीय, चण्डेनी मा.बि कि छात्रा सदिक्षा खनाल तृतीय र विज्डम एकेडेमी कि छात्रा रचना दुलाल ले सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।
बिजेता विद्यार्थीहरुलाई क्रमशः रु ५००० , रु ३००० , रु २००० र रु १००० नगद पुरस्कार सहित सम्झनाको चिनो प्रदान गरिएको थियो ॥
