IMG-LOGO

एकीकृत साकोसको अर्धवार्षिक समिक्षा

 मंगल, फागुन १३, २०८१  ---

 

 

       एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको यस संस्थाको आ.व. ०८१/८२ को अर्धवार्षिक समिक्षा कार्यक्रम शनिबार संस्थाका अध्यक्ष चण्डेश्वरी मुनाकर्मीको सभापतित्वमा अरुणोदय मा.विको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा उपस्थित समिति, उपसमितिका पदाधिकारी, सल्लाहकारज्यू, कर्मचारीवर्गलाई संस्थाका उपाध्यक्ष रविनभक्त स्याउलाले मन्तव्यबाट स्वागत गर्नु भएको थियो । आ.व. ०८१/८२ को अर्धवार्षिक वित्तिय विवरण र पौषसम्मको आर्थिक गतिविधि संस्थाका कोषाध्यक्ष ज्ञानदास श्रेष्ठबाट प्रस्तुत गर्नु भएको थियो । बार्षिक योजना र बजेटमा तय गरिएको लक्ष्यसंग अर्धवार्षिक प्रगतिको तुलना गर्दै प्रस्तुती गर्नुभएको थियो । जसमा शेयरपूँजी २,५२,७०,८००/– बचत २१,३९,६७,२८२.२७ ऋण १४,५५,२६,८१२/– र कुल सम्पत्ति २५,८६,८८,३८३.२४ रहेको जानकारी गराउनु भयो । संस्थाका अन्य विविध पौष महिनासम्मको कार्यसम्पादन र गतिविधीहरु सचिव भरत राउलबाट प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा विगत ६ वर्षदेखि कार्यरत कर्मचारी सुजित श्रेष्ठलाई उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित बिदाई गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्