IMG-LOGO

काभ्रे बहिरा विद्यालयको २९ औं वार्षिकोत्सव

 मंगल, फागुन १३, २०८१  ---

 

       काभ्रे बहिरा माध्यमिक विद्यालय बनेपाको २९ औँ वार्षिकोत्सव सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता एवं बनेपा वडा नं. ९ को कार्यवाहक वडाध्यक्ष मनिषा तामाङको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । एसईई विदाई, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा ११ जना एसईई उत्तिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदैँ विदाई गरियो । ८९ जना विद्यार्थीहरु अध्ययनरत रहेको काभ्रे बहिरा माविको २९ औँ वार्षिकउत्सव समारोहमा शिक्षक धिरज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयकी प्रअ कृष्ण प्यारी नकर्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक एवं मनोरञ्जानात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजसेवीहरु रामकुमार मुल्मी, राजु सरकार, कमला कायस्थ, शर्मिला मानन्धर, जिल्ला शिक्षा समन्वय इकाईकी शाखा अधिकृत विन्दा भुर्तेल, अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्