IMG-LOGO

बागमती इङ्गलिस स्कुलको रजत जयन्ती सम्पन्न

 मंगल, फागुन १३, २०८१  ---

       बागमती इङ्गलिस बोर्डिङ्ग स्कुल बनेपा–८ को रजत जयन्ती समारोह सम्पन्न भएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष प्रताप बैद्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रको उद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले शिक्षाको गुणस्तर कायम राख्न नगरले विभिन्न अभियानहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । रजत जयन्तीको अवसरमा अभिभावक दिवस, दिक्षान्त तथा पुरस्कार वितरण गरिएको कार्यक्रममा युकेजीमा अध्ययनरत ४१ जना विद्यार्थीहरुलाई दिक्षीत गरियो । विद्यालय स्थापना देखि २५ वर्ष प्रवेशका क्रममा भएका गतिविधिहरु, स्थापनाकाल देखि हालसम्म विद्यालयको सकृयतामा योगदान पुर्‍याउने विभिन्न ब्यक्ति तथा संस्थाको बारेमा जानकारी दिइएको प्रिन्सिपल दिपेन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, प्याब्सनका विभिन्न तहका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्