IMG-LOGO

बिद्यार्थी लक्षित सहकारी शिक्षा कार्यक्रम

 मंगल, फागुन १३, २०८१  ---

 

       सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि को धुलिखेल सेवाकेन्द्रको आयोजनामा बनेपा ५ स्थित आजाद मा.बि.मा  शिक्षा उप समिति संयोजक तथा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि का संचालक सदस्य श्याम सापकोटाको  सभापतित्व तथा आजाद मा. बि. कक्षा ११ र १२ का संयोजक सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा बिद्यार्थी लक्षित सहकारी शिक्षा कार्यक्रम सम्पन्न भयो ।

       कार्यक्रम संचालन धुलिखेल सेवाकेन्द्र प्रमुख सुदर्शन घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको प्रस्तुति बरिष्ठ अधिकृत जीवन सत्यालले गर्नु भएको उक्त कार्यक्रममा सहकारीको सुरुवात तथा बिकासक्रम, सदस्य र समुदायको स्तरउन्नतीमा सहकारीको योगदान विषयमा चर्चा गर्दै बचतको महत्व ऋण सदुपयोगिता, सहकारी र बैङ बिच भिन्नता  तथा अहिलेको परिभेषमा संचालित सहकारी संस्थाहरु लगायत प्रबिधि संगै संस्थाको परिचय, सम्रग अवस्था, संस्थाको वस्तु तथा सेवा, संस्थाले प्रदान गरिरहेको सदस्य राहत व्यवस्था लगायतका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

       शिक्षक, कर्मचारी र कक्षा ११ र १२ का मा अध्ययनरत ९० जना बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा बिद्यालयका कक्षा ११ र १२ का संयोजक सुन्दर श्रेष्ठले कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको उल्लेख गर्नुहुदै समुदाय स्तरमा समेत यस्ता कार्यक्रम अत्याआवश्यक रहेको बिचार व्यक्त गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्