श्री जनमुखी साकोसको कारोवार २ करोड ५१ लाख धुलिखेल –८ बडाल गाउँ, श्री जनमुखी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष उद्धबप्रसाद बडालको सभापतित्वमा सप्पन्न भयो । ४ सय ११ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३१ लाख ४६ हजार ६ सय रहेको छ । आ.व ०८०/०८१ को कुल करोवार २ करोड ५१ लख६ हजार ५ सय ५० रहेकोे छ । संचालक सदस्य गणेश बडालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाका सचिव रमेश प्रसाद बडालले प्रगति तथा आगामी वर्षको कार्ययोजना, कोषाध्यक्ष रमेश प्रसाद न्यौपानेले आय ब्यय विवरण र आगामी वर्षको २९ लाख ७५ हजारको बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर बडालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सुर्य चन्द्र साकोस पाँचखालका कोषाध्यक्ष उद्धब तिमल्सिना, संस्थाका सल्लाहकार साधुराम बडालले मन्तव्य राख्नु भएको थियो । जगेडा कोष ५ लाख ६६ हजार ४ सय ३२, अन्य कोष ३ लाख ४९ हजार ७ सय ५४ कर्जा जोखिम कोष २ लाख ४१ हजार ५ सय ५६ र बचत निक्षेप १ करोड ८६ लाख ३४ हजार ७ सय ६७ रहेको कुरा संस्थाका व्यवस्थापक नबराज बडालले बताउनु भयो । संथाले शेयर सदस्यहरुलाई १० प्रतिशात लाभांश वितरण गर्ने भएको छ ।
