पनौती/ पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४१ औं वार्षिकोत्सव एसइइ सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाएको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०८० सालमा एस इ इ परीक्षामा उत्कृष्ट न्एब् ल्याउने बिधार्थीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरका उपप्रमुख गीता बन्जारा हुनुहुन्थ्यो । बिद्यालयका प्रीन्सिपल सूर्यप्रसाद लाकोजूले अंग्रेजी माध्यममा पढाइने स्कुल विदेशी संस्कार सिकाउने थलो बन्न नहुने कुरा बताउनु भयो । पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकारले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरू रिजा मधिकर्मी, रिया केसी, अभिभवकका तर्फबाट रमेश तिमल्सिनाले आ–आफ्ना मन्तव्य ब्यक्त राख्नुभएको थियो ।
