प्रजातान्त्रिक विचार समाज काभ्रेको तेस्रो अङक लोकार्पण प्रजातान्त्रिक विचार समाज काभ्रेले विचार स्मारिका तेस्रो अङक लोकार्पण गरेको छ । ७५ औं प्रजातन्त्र दिवसको अबसरमा फागुन ७ गते एक कार्यक्रम बीच श्रीकृष्ण सुर्यदर्शन पार्टी प्यालेस बनेपामा सम्पन्न भयो । समाजका अध्यक्ष डाक्टर श्याम भट्टराईको सभापतित्व र केन्द्रिय अध्यक्ष कुलचन्द्र वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समाजकी उपाध्यक्ष माया वादेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले प्रजातान्त्रिक आन्दोलनको आयमबाट स्थापित प्रजातान्त्रिक विचार समाज गठन भएको हुँदा लोकतान्त्रिक संस्कार र पद्द्तीको बिकासको अनुसरण सबैले गर्नुपर्ने बताउनु भयो।प्रमुख अतिथि वाग्लेले २००७ सालमा प्रजातन्त्र प्राप्ति सगै राजनीतिक परिवर्तनबाट, विचार नैतिकता चरीत्र व्यबहारको उच्चतम प्रयोग गरि सबै खालका सामाजिक बिभेदको अन्त्य गरि जनताको जिबन स्तरमा आर्थिक र सामाजिक रुपान्तरण जुन गतिमा हुनुपर्ने त्यसो हुन नसकेकोले असन्तुष्ट बढदै गएको उल्लेख गर्नु भयो । कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रिय सदस्यद्वय शिव हुमागाई, मधु आचार्य, समाजका सल्लाहकार द्व्य भोला केसी चुडामणिा चौलागाईं र आजिबन सदस्य मन्जु आचार्य घिमिरे ! बनेपा–८ वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सन्चलन सचिव हुद्दराज तिमल्सिनाले गर्नुभएको थियो ।
