IMG-LOGO

बिन्धबासिनी साकोसको ३२ औँ स्थापना दिवसमा कर्मचारी सम्मानित

 मंगल, फागुन १३, २०८१  ---

       बिन्धवासिनी सहकारीले ३२ औ स्थापना दिवस ऋणलाई सहुलियत पत्र र कर्मचारीलाई सम्मान गरि मनायो बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को ३२ औं स्थापना दिवस कार्यक्रम संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठज्यूको सभापत्विमा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता तथा बनेपा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्य तथा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार प्रदिप थापा संस्थाका संस्थापक अध्यक्ष भरत प्रसाद शर्मा आतिथ्यतामा संस्थाका विभिन्न समिति, उपसमिति, पूर्व समिति उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमिति, कर्मचारी एवं सदस्यजहरुको उपस्थितिमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थामा राम्रो कारोबार गर्ने ५१ जना ऋणीहरुलाई सहुलियत पत्र दियो । सहुलियत पत्र प्राप्त  गर्ने ऋणहरुले ब्याजमा १ प्रतिशात छट प्राप्त गर्नेछन् । उत्कट नतिजा ल्याउने छात्र र छात्रालाई सम्मान गरिएको  थियोे । त्यस्तै गरि संथामा २० वर्ष सेवा गर्नु भएका संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा स्याङ्तानलाई दीर्घ सेवा पदक, कर्मचारी द्वय राजेन्द्र श्रेष्ठ र जयराम मानन्धरलाई उत्कट कर्मचारीकोरुपमा सम्मान गरिएको थियोे । सम्मानित हुनुहुने कर्मचारीलाई जनही १० हजार र प्रसम्शा पत्र सहित प्रमुख अतिथि भण्डारीले पुरस्कर प्रदान  गर्नु भयो ।पनौती सेवा केन्द्र उत्कृष्ट भएकोमा संयोजक रमेश जङ्गमलाई सम्मान गरेको संस्थाले जनाएको छ । ५७ हजार ५ सय ८९ शेयर सदस्य, ११ हजार ७ सय ७९ शैक्षिक बाल बचत कर्ता सहित ६९ हजार ३ सय ६८ कुल सदस्य रहेको छ । प्राकृतिक प्रकोपमा सहुलियत ऋण, ब्याज छुट सुबिधा, निःशुल्क अक्सिजन वितरण, राहत सुबिधा संस्थाले सेवा प्रदान गर्दै आएको छ । मोबाइल बैकीङ, क्युआर पेमेन्ट, एटीएम, लघु जीवन बिमा लगाएतका सेवा प्रदान गर्दै आएको छ । कार्यक्रमको संचालन डोरेन्द्र राज सापकोटाले गर्नु भएको थियोे । संस्थाले उक्त दिन रक्तदान कार्यक्रम समेत गरेको थियो । २७ जनाले रक्तदान गरेको कुरा कर्मचारी रमेश श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्