IMG-LOGO

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको २२ औं वार्षिकोत्सव

 मंगल, फागुन १३, २०८१  ---

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको २२ औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ गत मंगलबार सम्पन्न भएको छ । प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले कार्यक्रमको समुद्घाटन गर्दै बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैद्यले स्वागत मन्तव्य राख्दै यस शैक्षिक सत्रमा ३० लाख भन्दा बढिको छात्रवृद्धि वितरण गरिएको जानकारी दिदै व्यवहारिक तथा जीवनोपयोगी शिक्षालाई प्रवद्र्धनगर्नु पर्नेमा जोड दिनुभयो । सहायक प्रिन्सिपल मिरा मानन्धरले विद्यालयको उल्लेखनीय उपलब्धिहरु सार्वजनिक गर्नुभएको कार्यक्रममा प्लेग्रुप देखि स्नातकोत्तर तहसम्मका उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयले खेलकुद क्षेत्र मार्फत काभ्रे जिल्लामा विशेष योगदान पुर्‍याउने खेलाडीहरु प्रताप वैद्य, अरुणकाजी वैद्य, सौरवराज कायस्थ, ओम प्रकाश नकर्मी, विजय सुन्दर संैजु, राज मन्दिर श्रैष्ठ, विजय कृष्ण वादे र विजय केसीलाई सम्मान गरेको थियो । विविध सांस्कृतिक कार्यक्रम मार्फत विद्यार्थीेहरुले मनोरञ्जन प्रदान गरिएको कार्यक्रम विद्यालयका अध्यक्ष सुरकृष्ण वैद्यको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संचालक समिति सदस्य आत्मराम थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसी, सचिव हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम भुजेल, एन प्याब्सन अध्यक्ष अग्नि ज्ञवाली, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघ संस्थामा आवद्ध ब्यक्तिहरु, शिक्षक शिक्षिका, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्