प्रगति प्रभात एकेडेमी सेकेण्डरी स्कुल बनेपाको अभिभावक दिवस, वार्षिकोत्सव, एसईई विदाई तथा पुरस्कार वितरण कार्यक्रम शनिबार विद्यालय प्रांगणमा सम्पन्न भएको छ । शिक्षाविद् रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु दिएका थिए । प्रगति आइडल, पेन्टिङ जस्ता क्रियाकलाप गरेर विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको विद्यालयको वार्षिक प्रगति प्रतिवेदन निर्देशक एवं प्रिन्सिपल चन्द्र प्रसाद ताजपुरियाले प्रस्तुत गर्नुभएको थियो । विद्यालय सञ्चालक समिति अध्यक्ष तुयुलक्ष्मि शाक्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जेष्ठ नागरिक अभिभावक कमला बुढाथोकीलाई विशेष सम्मान गरियो । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेल, बनेपा वडा नं. ८ अध्यक्ष शुभलक्ष्मि मानन्धर, सञ्चालक समिति सदस्यहरु, शेयर सदस्यहरु, अभिभावक, शिक्षक शिक्षिका एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
