श्री कालीदेवी माध्यमिक विद्यालय धुलिखेल–११ डाडागाउँ शैक्षिक मेला तथा प्रदर्शनी कार्यक्रम धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सप्पन्न भयो । १ कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई (ःन्ःी) शिक्षण सिकाई अंतरगत शिकेका विषय बस्तुहरुको ब्यबहारिक ज्ञान प्राप्त गराउने उद्देश्यले शैक्षिक प्रदर्शनी गरिएको कुरा विद्यालयका प्रधानाध्यापक रन्जीत कुमार राईले बताउनु भयो।त्यस्तै गरि ६ देखि १० कक्षाका विद्यार्थी हरुले आफुहरुले सिकेका विषय बस्तुहरुको शैक्षिक स्टल राखेका थिए।नगर उप–प्रमुख निराजन जङ्गम, वडा अध्यक्ष नारायणप्रसाद बडाल, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, शिक्षा शाखा प्रमुख डिक बहादुर राई, शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरी जर्मन जर्मन नेपाल सहयोग संघका चन्द्र श्रेष्ठ, ९भ्भ्ऋ) का कार्यकारी निर्देशक दिपक रोक्का लगायतको आतिथ्यता रहेको थियो । शैक्षिक प्रदर्शनीमा ५६ वटा विद्यार्थीले सिकेका विषय बस्तुहरुको स्टल राखेकाको कार्यक्रम संयोजक होमकुमारी तामाङले जानकारी दिनुभयो ।
