कम्युनिष्ट आन्दोलनका योद्धा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज विदुर सापकोटा रहनु भएन् । २०८१ फागुन ८ गते ५९ वर्षको उमेरमा हेल्थी ह्याण्ड अस्पताल चाहवेलमा उपचारको क्रममा फागुण ८ असमायिक निधन भएको हो । उहाँलाई फागुण १ गते ज्वरो आएको र पिसाव बन्द भएपछि ४ गते अस्पतल लगिएको र स्वास्थ्य परिक्षणको क्रममा मृगौला डायलिशिश गर्नु पर्छ भनेर चिकित्सकले भनेपछि अस्पतालमा भर्ना गरी उपचार गरिएको परिवार स्रोतले जनाएको छ । विदुरलाई डायलिश गर्न लाग्दा मृगौलाले काम गर्न छोडेको, फोक्सोमा इन्फेक्सन भएको शरिरको अन्य अंङ्गले काम गर्न छोडेको उपचार असम्भव रहेको चिकित्सकले जनाएको केही बेरमै अस्पतालले मृत्यु भएको घोषणा गरेको परिवार श्रोतले बतायो । तत्कालिन पञ्चायती शासन विरुद्धको संघर्ष मालेकालमा भूमिगत विद्यार्थी राजनीतिबाट २०४६ सालको प्रथम जन आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका सापकोटाको निधनले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको छ । नेकपा एमाले काभ्रेको नेतृत्वमा लामोसमय सम्म नेतृत्वदायी भूमिका खेल्नु भएका विदुर सापकोटा संविधान सभा सदस्यमा निर्वाचित भई संविधान निर्माणमा समेत योगदान पुर्याउनुभयो । स्वर्गीय विदुरको एक श्रीमती र एक छोरी छन् । पार्टीको सच्चा सिपाही कुशल संगठक, प्रष्ट वक्ता विदुरको काभ्रेटाइम्स, रेडियो एविसी परिवार भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै सोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
