बनेपा । काभ्रे जिल्लाकै सबैभन्दा जेठो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसको ४४ औं वार्षिकोत्सवको वागमती प्रदेशका सांसद कन्चनचन्द्र वादेको प्रमुख अतिथ्यता तथा क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न उक्त समारोहमा क्याम्पसलाई स्थापनाकालदेखि नै सहयोग गर्नुहुने पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वादेले क्याम्पसले पछिल्लो समय प्रविधिमैत्री विषयहरुलाई प्राथमिकताका साथ अध्यापन गराउँदै आइरहेको बताउँदै क्याम्पसलाई अहिलेको अवस्थामा पुर्याउन बनेपा क्षेत्र काभ्रे जिल्ला कै बौद्धिक वर्ग र राजनेताहरुलले योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व डा. प्रकाशचन्द्र लोहनीले काभ्रे राजधानीबाट नजिक भएकाले यहाँ धेरै अवसर रहेको औल्याउनुभयो । उहाँले विद्यार्थीहरु १२ कक्षा पास गरेपछि विदेश जाने परम्परा नै बसिसकेकाले त्यसमा सुधार गर्न सरकारी नीति परिवर्तन हुनुपर्ने बताउनुभयो ।
क्याम्पस प्रमुख केजी बैदारले क्याम्पसलाई समय अनुकूल प्रविधिमैत्री, विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्न निरन्तर लागि परेको बताउनुभयो । क्याम्पस प्रमुख बैदारले कक्षा ११ देखि उच्च शिक्षा सम्म अध्ययन गर्ने अवसर भएको यस क्याम्पसमा पछिल्लो समय द्यक्ऋ।ऋक्क्ष्त् र द्यद्यब् कक्षा सञ्चालन गरी देशकै नमुना क्याम्पसको रुपमा शैक्षिक सुधार गर्दै लगेको बताउनुभयो । आइटीका विषयहरु अध्यापन गराउँदा विरोधका लागि विरोध गर्ने कार्य गरेकोमा दुःख व्यक्त गर्र्दै र उनीहरुलाई भगवान बुद्धले सतवुद्धी दिउन भन्नुभयो ।
क्याम्पसमा कुनै बेला १ हजार ४०० को हाराहारीमा विद्यार्थी रहेका भएपनि अहिले विद्यार्थीको संख्या घटेर ८०० को हाराहारीमा आउनुमा विद्यार्थी विदेशिने क्रम बढेको बताउनुभयो । कार्यक्रममा रामराजा धौभडेलले शुभकामना र स्वागत गर्दै क्याम्पसको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन कृष्णप्यारी नकर्मीले गर्नु भएको थियो ।
