IMG-LOGO

युएनडीपी र एनसीसीको संयुक्त प्रयासमा वाढीपहिरो पिडीतलाई नगद कार्यक्रम सञ्चालन

 मंगल, फागुन ६, २०८१  ---

    गत असोज १० र १२ मा आएको अविरल वर्षाले क्षति गरेका वाढी प्रभावित काभ्रेका पालिकामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल चेम्बर अफ कमर्स (एनसिसि) को संयुक्त सहकार्यमा पुनर्लाभका कार्यक्रम संचालन भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै चेम्बरका अध्यक्ष कमलेश अग्रवालले संचालनमा रहेको र सम्पन्न भएका दुई परियोजनाको अवलोकन समेत गरेको जानकारी दिनुभयो । काभ्रेको रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकामा सञ्चालित कामका लागि नगद कार्यक्रम, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल चेम्बर अफ कमर्सको संयुक्त सहकार्यमा भइरहेको छ । नगद कार्यक्रम अन्तर्गत यहाँ सिंचाइ नहर, सामुदायिक सडकहरू, सडकहरुको नाली र कृषि जमिनहरूमा रहेको माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वधारको पुनःस्थापना भइरहेको छ । उक्त कार्यमार्फत प्रभावित पालिकाहरुमा बिपन्न तथा संकटमा रहेका परिवारका सदस्यहरुलाई काममा संलग्न गराई जिल्लाका अदक्ष जनशक्तिले प्राप्त गर्ने रकम (ज्याला) बराबरको भुक्तानी दिई आयआर्जनमा संलग्न गराइएको बताइएको छ । कार्यक्रमले ८६० विपन्न तथा संकटमा रहेका परिवारलाई ७ हजार ८२० दिन बराबरको रोजगार प्राप्त हुनेछ । पनौतीका वडा नं. ८ र १२ का विभिन्न स्थानहरू (देउराली, कालाटी, सिम्पानी, गुम्बा, मगर छाप, बादल पाखा, छिन्दु, र पाचरे) मा सडक तथा सडक नाली सरसफाई कार्य कार्यान्वयन भइरहेको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । कार्यक्रमले २५० स्थानीय संकटासन्न समुदायका परिवारका व्यक्तिहरूलाई १० दिनको लागि छोटो अवधिको रोजगारी प्रदान गर्दै आएको छ । नमोबुद्ध नगरपालिकामा भने चार स्थानहरूमा कार्यक्रम सञ्चालन गरिएको छ । सिंचाइ पोखरी र सडक मर्मतको काममा २३० संकटग्रस्त घरपरिवारका सदस्यहरूलाई ७ दिनको रोजगारी दिइएको छ । २० जिल्लाका ७५ पालिकाहरूलाई तीन श्रेणीमा वर्गीकरण गरी सहयोग प्रदान गरिएको बताइएको छ । कार्यक्रमको कुल बजेट १ लाख ८० हजार अमेरिकी डलर रहेको छ । पत्रकार सम्मेलनमा युएनडिपी नेपालका लागि आवासिय प्रतिनिधि क्योको योकोसुका, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्