नेकपा एमाले पनौती नगर कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्षमा सुरेश हुमागाइ निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षको पदमा सन्तोष के.सि., सचिवमा शिबराम आचार्य, उपसचिवमा शिव नारायण घुलु, उपसचिवमा उमा थापा बोगटी तथा लेखा समिती अध्यक्षमा बिनोद घिमिरे, सचिवमा विनायक न्यौपाने रहनुभएको छ । नेकपा एमाले पोली टयूरो सदस्य एवं संघीय सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यता र अध्यक्ष सुरेश हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।
