काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोलमा शैक्षिक प्रदर्शनी (भ्मगअबतष्यलब िभ्हउयकष्तष्यल) शनिबार सम्पन्न भएको छ । प्रदर्शनीमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले सिकेका सिकाइलाई व्यवहारिक र प्रयोगात्मक विधिले प्रदर्शन गरेका थिए । विद्यार्थीहरुको ज्ञान, सिप र संस्कारलाई विज्ञान, गणित, सामाजिक एवं कलाको माध्यमबाट प्रदर्शन गरेका थिए ।
शैक्षिक प्रदर्शनीको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाले गर्नुभएको थियो । अध्यक्ष अवाले बढ्दो प्रविधिको उपयोग गरी समय अनुसार युग सुहाउने शिक्षा आर्जन गर्न विद्यार्थीहरुलाई जोड दिनुभएको थियो । त्यस्तै विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले विद्यार्थीको सिकाईलाई व्यवहारमा देखाउने र प्रयोगात्मक सिप प्रस्फुटन गराउने उद्देश्यले शैक्षिक प्रदर्शनी हरेक वर्ष आयोजना गर्दै आएको बताउनुभयो ।
प्रदर्शनीमा ८० भन्दा बढी विज्ञान, गणित, अंग्रेजी, सामाजिक, कम्प्युटर र खानेकुराका स्टलहरु रहेका थिए । प्रदर्शनीमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक विद्यार्थी लगायत १ हजार ५ सय भन्दा बढीले अवलोकन गरी सहभागितामा सम्पन्न भएको थियो । विद्यालयमा शैक्षिक सत्र २०८१ मा नर्सरी देखि कक्षा १२ सम्म वढी विद्यार्थीले १ हजार भन्दा बढी अध्ययन गरिरहेको सहायक प्रिन्सिपल केशव श्रेष्ठले बताउनु भयो । शैक्षिक प्रदर्शनी काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोल शिक्षक कुमार घिमिरे र श्यामकृष्ण मानन्धरको संयोजकत्वमा सम्पन्न भएको थियो ।
