IMG-LOGO

खावा, बडालगाउँ, कल्छे सडक कालोपत्रेको लागि शिलान्यास

 मंगल, फागुन ६, २०८१  ---

    खावा ठुलीटार कल्छे देखि पाँचखाल सम्म जोड्ने सडक बुधबार शिलान्यास भएको छ । धुलिखेल–८, खावा ठुलिटार कल्छे सडकको बडालगाउँ खण्ड धुलिखेल–८ खावा ठुलिटार कल्छे सडकको बडालगाउँ खण्ड कालोपत्रे निर्माण कार्यको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले बुधबार शिलान्यास गर्नुभयो । नगर उप प्रमुख निराजन जङ्गम, वडाध्यक्ष बिनोद गौतम र धुलिखेल नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नारायण बडाल अतिथी हुनुहुन्थ्यो । १ कि.मि १ सय ५५ मिटर सडक १ करोड ६६ लाख २१ हजार ६० लागतमा कालोपत्रे हुनेछ । छायाँश्वरी÷आर.पि. जे.भी ले ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायी रविन गौतमले आगामी जेष्ठ मसान्तसम्म निर्माण सप्पन्न हुने बताउनुभयो । इन्जिनियर राजन न्यौपानेले सडक ४० एम एम बाक्लो पिच हुने जानकारी दिनुभयो । नगर प्रमुख  ब्यान्जुले पुर्बाधार बिकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खानेपानीको दिगो बिकास लक्ष्य प्राप्तिको लागि कार्य गरिएको बताउनुभयो । यस वडामा धार्मिक प्रतिष्ठान, आणविक अनुसन्धान केन्द्र र फिल्मी सिटी निर्माण कार्यको लागि योजना अघि बढेको नगर प्रमुख ब्यान्जुले उल्लेख गर्नुभयो ।

    गत वर्ष खावादेखि बडालगाउँ सम्म करिव एक किमी सडक कालोपत्रे भएको थियो । चालु आव ०८१÷०८२ मा नगरपालिका र संघीय सरकारको ५०÷५० प्रतिशत बजेटबाट सडक कालोपत्रे गर्न लगिएको वडा अध्यक्ष विनोद गौतमले बताउनुभयो । वडा अध्यक्ष गौतमले धुलिखेल वडा नं. ८ मा आफू निर्वाचित भएपछि वडाका जनप्रतिनिधि, नगरप्रमुख अशोक व्याञ्जु, उपप्रमुख निराजन जंगमको साथ सहयोगमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र पर्यटन विकासका कार्य अघि बढाई वडालाई विकासको चरणमा बदलेको धारणा राख्नुभयो । नगर प्रमुख व्याञ्जुले धुलिखेल नगरपालिकाले एक घर एक धारा जडान, व्याचलर डिग्री पढ्ने नगरका छात्रछात्रालाई निःशुल्क शिक्षा, स्वास्थ शहर अभियान अन्तरगत आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, पूर्वाधार विकासमा दिगोपन, पर्यटन क्षेत्रको विकास, कृषि क्षेत्रको व्यवसायिक विकास लगायत क्षेत्रमा कार्य गरी नगरलाई नमुना शहरको रुपमा विकास गरेको उल्लेख गर्नुभयो । नगरप्रमुख व्याञ्जुले विकास सबैको साझा भएकोले सानातिना कुरामा विवादमा अल्झेर विकासमा अवरोध सृजना गर्ने नभई वार्ता वहस छलफल गरी टुङ्गयाउने गर्नुपर्छ भन्नुभयो । विकासको लागि विवाद गरी विकासमा जुन ठाउँमा अवरोध हुन्छ त्यहाँको बजेट नै अन्यत्र लगि नगरकै अर्को क्षेत्रको विकास गरेको दृष्टान्त नगर प्रमुख व्याञ्जुले जनाउनुभयो । कार्यक्रममा नगर उपप्रमुख निराजन जंगम धुलिखेल ११ नं वडा अध्यक्ष नारायण प्रसाद वडाल तत्कालिन काभ्रे गाविसका अध्यक्ष साधुराम वडाल र स्थानीयहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्